बगलेकमा सात दर्जन भन्दा बढि युवा नेकपामा प्रबेश

डोटी: डोटीको पुर्बिचौकी गाउँपालिका वडा न. २ बगलेकमा सात दर्जन भन्दा बढि युवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन् ।

Sagan sahari bhawan nirman aayojana

शनिबार पुर्व उपप्रधानमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य भीम रावल प्रमुख अतिथि रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) डोटीको पूर्बिचौकी २ वगलेकमा सम्पन्न कार्यकर्ता भेला कार्यकममा नेपाली कांग्रेस परित्याग गरी ८५ जना नेकपामा प्रवेश गरेका नेकपा डोटीले जनाएको छ ।

कार्यक्रममा नेकपा नेता क. भीम रावल, जिल्ला पार्टी अध्यक्ष चक्र मल्ल, विशिष्ट अथिती र जिल्लाका सचिवालय सदस्य जिल्ला कमिटी सदस्य, अनेरास्ववियु, राष्ट्रिय युवा सघंका नेताहरुको आथित्यतामा भयको कार्यक्रममा, स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Shaileshwori
Loading...