बुधबार देशभरका ३ हजार १४० जना कोरोना मुक्त, २८ जनाको मृत्यु


बुधबार देशभर थप एक हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड(१९ प्रयोगशालामा ९ हजार २ सय १० नमुनाहरुको परिक्षण गरिएकोमा एक हजार ९ सय ४८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या २ लाख २६ हजार २६ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ छ ।
आज देशभरका तिन हजार एक सय ४० जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप २८ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय ८९ पुगेको छ ।
