डोटीमा पनि १६ दिने महिला हिंसा बिरुद्धको अन्तर्राष्ट्रिय अभियान सुरु
तेजु ओली/डोटी
लिंगका आधारमा मान्छेमाथि हुने सबै खाले हिंसाविरुद्ध हरेक वर्ष अंग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय १६ दिने अभियान डोटीमा पनि सुरु गरिएको छ । नेपालमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी महिलामाथि हुने हिंसाविरुद्धको अभियान सञ्चालन गरिन्छ । मानवअधिकारवादी र महिलाअधिकारवादीहरुले यो अभियानको क्रममा विभिन्न कार्यक्रमहरु संचालन गर्ने गर्छन् । यसै बिच डोटीका पालिकाहरुले पनि १६ दिने अभियान सुरु गरेका छन् । आज दिपायल सिलगढी नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमका साथ सुरु भएको उक्त अभियान मंसीर २५ गते सममम चल्ने भएको छ ।
यस बर्षको राष्ट्रिय नारा लैगिक हिसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने रहेको छ । उक्त नाराका साथ दिपायल सिलगढी नगरपालिका भरी सञ्चालन भएको अभियान नगरप्रमुख मन्जु मलासीको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका उप प्रमुख शशी शोबको प्रमुख आतिथ्यमा सुरु भएको हो । प्रमुख जिल्ल अधिकारी भीम प्रसाद भट्टराई लगायत सरोकारवाला निकायहरुको उपस्थितिमा पुर्ब तयारी बैठक बसि विभिन्न विषयमा छलफल गरेको दिपायल सिलगढी नगरपालिकाका महिला साखा प्रमुख सानु माया लिम्बूले जानकारी दिनुभएको छ ।