एकिकरण मार्ग सम्बन्धी जनप्रतिनिधीहरु संग छलफल

गणेश मौनी / डोटी
श्री नम्बर ५ बाहीनी राजपुर दिपायललले एकिकरण मार्ग सम्बन्धी डोटी जिल्ला स्थित स्थानिय तहका जनप्रतिनिधीहरु संग छलफल गरिएको छ ।
डोटी जिल्लामा रहेका ऐतिहासीक, धार्मीक, पर्यटकीय एवं पुरातात्तीक किल्ला, गौणा जस्ता महत्वका स्थलहरुको बारेमा जानकारी लिन जनप्रतिनिधीहरु संग छलफल गरिएको श्री नम्बर ५ बाहीनीका बाहीनिपती तथा सहायक रथी नकुल बहादुर राईमाझिले बताए । उनले भने डोटी जिल्लाका कुन कुन स्थानमा के कस्ता ऐतिहासीक एकिकरण मार्गहरु, स्थलहरु छन तिनिहरुको पहिचान गरि संरक्षण गर्न‘ हामी सबैको दायीत्व हो ।

Sayalb


ऐतिहासलाई पल्टायर हेर्नेहो भने डोटी जिल्ला ऐतिहासीक महत्व बोकेको जिल्लाहो डोटीमा थुप्रै धार्मिक, ऐतिहासीक एवं पर्यटकीय स्थलहरु रहेका छलफलमा सहभागि शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए । जिल्लामा रहेका धार्मिक पर्यटकीय तथा ऐतिहासीक स्थलहरुको पहिचान गरी बिकास प्रवद्र्धन गर्नु आवश्यक रहेको समेत बताए । शिखर नगरपालिका भित्र रहेका धार्मिक एवं पर्यटीय स्थलहको संरक्षण सम्बद्र्धन गर्न योजना सहित अघाडी बढीरहेको समेत नगर प्रमुख जोशीले बताए ।
डोटी जिल्लामा हाल नारीदाङ डुम्राकोट, सिलगढी गौडा, कोटभैरब, निरौली दरबार,सालमुनी भागेश्वर, काडामाण्डौ मालिका, भिम छेदन शिला, शैलेश्वरी मन्दिर, खप्तड, हेहीमाणौ, तेडी थान, भेलछडा झरना, कालारुवा ताल लगाएका धार्मिक पर्यटकीय, ऐतिहासीक एवं पुरातात्तीक स्थलहरुका साथै विभिन्न एकिकरण मार्गहरु समेत रहेका छन् ।
छलफल कार्यक्रममा डोटी जिल्ला स्थित सात वटा स्थानीयतहका प्रमुख, डोटीका प्रमुख जिल्ला अधिकारी लगाएको सहभागिता रहेका थिए ।

Shaileshwori
Loading...