आदर्श र सायल गाउँपालिकाका बाढीपिडितहरुलाई राहात वितरण गरिने


तेजु ओली / डोटी
सुदूरपश्चिमेली आपतकालीन राहतकोष मार्फत सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त सहयोगले डोटी जिल्लाका दुई स्थानीय तहका बाढीपिडितहरुलाई केही राहात दिने भएका छन । यहि मंसिर १२ गते विहान १० बजे आदर्श गाँउपालिकाको कार्यालय मौवा र सोही दिन दिउँसो १२ बजेको समयमा सायल गाउँपालिकाको कार्यालयमा राहत वितरण गरिने समाजका केन्द्रीय उपाध्यक्ष दिपक खड्काले बताए । विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका लागि नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यका लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोष मार्फत सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त सहयोगमा डोटी जिल्लामा विभिन्न समस्याबाट पीडितहरुमध्ये आदर्श गाउँपालिका ३० तथा सायल गाउँपालिका ४१ जम्मा गरि ७१ अति विपन्न परिवारहरुको वर्तमान परिस्थितिलाई मध्येनजर गर्दै वर्तमान परिस्थितिमा पिडित परिवारहरुलाई अति आवश्यक खाद्यान्न सामाग्रीहरु उपलब्ध गराउने केन्द्रीय उपाध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो ।
