शुक्रबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि

डोटी : शुक्रबार जिल्ला अस्पताल डोटीको काभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा २९ पिसिआरको परिक्षण गरिएकोमा एक पलोअफ केस सहित २ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिनु भयो । कोरोना पुष्टि भएका दुबै जना पुरुष रहेका र डोटीको दिपायल सिलगढी नगरपालिकाका भएको बताईएको छ ।


