डोटीको सायल गाउँपालिकाका स्थानिय लाल बहादुर खड्काको घरमा आगलागी

Sayalb

तेजु ओली / डोटी
डोटीको सायल गाउँपालिका–६ मा आज आगलागी हुँदा एक घर जलेको छ । साझ ५ बजे घरमा आगो लाग्दा लाल बहादुर खड्काको घर जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय वासीले जानकारी दिएका छन् । स्थानीयका अनुसार चिसोबाट बच्नका लागि आगो ताप्ने क्रममा आगो घरमा सल्किएको हो । आगो लाग्दा घरभित्र रहेका लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर नष्ट भएका छन् । स्थानीयले आगलागी भएको केहि समय पछि आगो नियन्त्रणमा लिएको संन्चारकर्मी यज्ञ बहादुर थापाले जानकारी दिनुभएको छ । घटनाका विषयमा ढीला मात्र जानकारी भएकाले त्यसतर्फ आदर्श गाउँपालीका इलाका प्रहरी कार्यालय डोटीको टोली गैरहेको जानकारी प्राप्त भएको छ । घर आगोले जलेपछि खड्काको परिवार घर विहिन भएका छन् । आगलागीबाट मानविय क्षति भने नभएको बताईएको छ ।

Shaileshwori
Loading...