सेफ्टी ट्याङकीमा खसेर २ जनाको ज्यान गयो

Sayalb

कञ्चनपुरमा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश रानाको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको हो । भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनिहरु ट्याङकीमा खसेका थिए । स्थानीयले खबर गरेपछि त्यहाँ पुगेको प्रहरी टोलीले सेफ्टी ट्याङकीबाट दुवै जनालाई मृत अवस्थामा निकालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

Shaileshwori
Loading...