लैंगिक हिंसा अन्त्यका लागि महिला शसक्तिकरण गर्न आबश्यक रहेको एक कार्यक्रमका सहभागीको भनाई

डोटी : लैंगिक हिंसा अन्त्य गर्नका लागि महिला शसक्तिकरण गर्न आबश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । लैंगिक हिंसा बिरूद्वको १६ दिने अभियान अन्तर्गत जोरायल गाउँपालिका वडा नम्वर ४ लक्ष्मिनगरमा एक कार्यक्रमका सहभागीले उक्त कुरा बताएका हुन् । लैंगिक हिंसाको अन्त्यको प्रतिबद्धता, ब्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ महिला अधिकार मञ्चको आयोजनामा युएमएन र सिड नेपाल डोटीको सहयोगमा कार्यक्रम गरिएको हो ।

Sayalb

महिला अधिकार मञ्चका अध्यक्ष निर्मला अवस्थी भट्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जोरायल गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष बलबहादुर ओलीको प्रमुख आथित्यतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा गैर सरकारी संस्थाका प्रतिनिधि, पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...