शनिबार देशभरका १ हजार ३८० जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

शनिबार देशभर थप एक हजार ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड-१९ प्रयोगशालामा ९ हजार ३ सय ३८ नमुनाहरुको परिक्षण गरिएकोमा एक हजार ३ सय ८० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ ।

Sayalb

आज देशभरका ५ सय १५ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप १९ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४ सय ५४ पुगेको छ ।

Shaileshwori
Loading...