योगदान राष्ट्रका लागी नामक संस्थाद्धारा न्यानो लुगा वितरण

तेजु ओली / डोटी
असाय तथा गरिव बालबालिकालाई चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण गरिएकोे छ । डोटी जिल्लाको आदर्श गाउँपालीका वडा नं २ का बालबालिकालाई योगदान राष्ट्रका लागी नामक संस्थाले आज एक कार्यक्रमका बिच न्यानो लुगा वितरण गरेको हो । चिसो मौसम सुरु भएसँगै यस बाट बच्नका लागी थोरै भए पनि सहयोग गरेको समाजसेवी वीर बहादुर बोहराले बताउनुभयो ।

समाजसेवी दिपक खातीको समन्वयमा योगदान राष्ट्रका लागि (डोटी) को सहयोगमा वितरण गरिएको हो । उक्त संस्थाका संयोजक दिपेन्द्र खड्का र सोही संस्थाकी कोशाध्यक्ष शुस्मा मलासी लगायतको सहभागितामा दश हजार रकम बराबरका न्यानो लुगा सहयोग गरेको हो । आदर्श गाउँपालीका- २ दुक्राला (कुचेडा) का ६ जना बालबालिकालाई न्यानो लुगाकपडा र शैक्षिक सामग्री बितरण गरेको सामाजिक अभियन्ता दिपक खातीले जानकारी दिनुभएको छ ।
