४ थान भरुवा बन्दुकसहित वन्यजन्तु तस्करीमा संलग्न दुई जना पक्राउ

नेपाली सेनाको टोलीले कञ्चनपुरमा चार थान भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिकाको दैजी छेला क्षेत्रबाट नेपाली सेनाको टोलीले ४ थान भरुवा बन्दुकसहित स्थानीय दुई जना वन्यजन्तु तस्करीमा संलग्नलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–४ बगुनका ४९ वर्षीय तिलबहादुर बुच र स्थानीय ५० वर्षीय रामबहादुर बराल रहेका छन् । उनिहरुलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गण, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वन डिभिजन कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।

Sayalb

वन्यजन्तुको संरक्षण र चोरीशिकारी न्युनीकरणका लागि निकुञ्जमा राखिएका स्पाइ क्यामेरामा दुवै जना तस्कर केही समयअघि कैद भएको र सोही क्यामेरा फुटेजका आधारमा सेनाले विशेष अप्रेसनमार्फत अभियुक्त र हतियारसहित पक्राउ गरेको देवीदल गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सुनिल मल्लले जानकारी दिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले अभियुक्तहरुलाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन–२०२९ र हातहतियार तथा खरखजना ऐन अनुसार कारबाही गरिने जानकारी दिए ।

Shaileshwori
Loading...