जिल्ला स्तरिय अभिमुखिकरण गोष्ठी डोटीमा सम्पन्न

यज्ञ बहादुर थापामगर/ डोटी
“दिगो शान्तिका लागि उन्नत सम्बन्ध” भन्ने मूल नाराका साथ जिल्ला समन्वय समितिको समन्वय र प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा आज दिपायल सिलगढीको सभाहलमा एक औपचारिक कार्यक्रमका साथ जिल्ला स्तरिय अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका संयोजक राम बहादुर ऐरको अध्यक्षतामा र दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डोटी जिल्लाका स्थानिय तहका प्रमुख तथा उपप्रमुख, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्ति लोक बहादुर थापाले जानकारी दिनु भयो । उक्त कार्यक्रममा डोटी जिल्लामा जल,जंगल र जमिन विचमा रहेका विवादहरुलाई मेलमिलापको माध्यमबाट सहजीकरण गर्दै आइरहेकोले हालसम्म यस संस्थाले नौ वटा विवाद सहजीकरण गरिसकेको आजको प्रस्तुतीकरणमा जानकारी प्राप्त भएको छ । साथै डोटी जिल्ला लगायत अन्य जिल्लाामा पनि यस संस्थाले २०७६ चैत्र सम्ममा दुई सय दुई वटा बहुसरोकारवाला विवादहरुमा माकुरा समुहको प्रयासमा समुदायका मानिसहरुका विच संवादको माध्यमबाट समाधान भई समाजमा शान्ति कायम भएको राष्ट्रिय श्रोत व्यक्ति थापाले बताउनु भयो । सन् २०२० सम्ममा यस संस्थाले डोटी जिल्लामा चार वटा बहुरोकारवाला विवादमा काम गर्नु पर्ने जनाइएको छ ।

Sayalb

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले संस्थाले काम गर्दा संस्थाको विधान र विधिमा रहेर काम गर्न सुझाव दिनु भयो । साथै उहाँले संस्थालाई अफठ्यारो परिस्थिति आउने गरि काम ग¥यो भने संस्थालाई नै वेफाइदा हुने भएकोले सबै सरकारी तथा गैरसरकारी संघ संस्थासंग हातेमालो गरेर जानु पर्ने धारणा राख्नु भयो । यसै गरि गाउँपालिकाका प्रमुख तथा उप्रप्रमुखले सबै स्थानिय तहसंग समन्वय गरेर जानु पर्ने सुझाव दिनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले आजको कार्यक्रम ज्यादै प्रभावकारी भएकाले यस संस्थाले समाजमा रहेका बहुसरोकारवाला विवाद र अन्य समाजमा हुने विवादलाई मेलमिलापको माध्यमबाट सहजीकरण गर्ने भएकाले यो संस्था यो जिल्ला लगायत अन्य जिल्लामा पनि आवश्यक रहेको बताउनु भयो । साथै उहाँले जल,नंगल र जमिन विचमा रहेका विवादलाई मात्रै सहजीकरण नगरि सरकारी तथा स्थानिय तहविचका विवादलाई पनि सहजीकरण गर्न सुझाव दिनु भएको थियो । नगर प्रमुख मलासीले यस संस्थाले फाटेको मनलाई संवादको माध्यमबाट समाधान गर्ने भएकाले आगामी दिनमा सबै स्थानिय तहसंग सहकार्य गरेर जानु पर्ने र सरकारी तथा गैरसरकारी संस्थासंग हातमालो गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

डोटी जिल्लामा काम गर्ने क्रममा कुनै समस्या परेको खण्डमा जिल्ला संवाद समितिसंग समन्वय गरेर जानु पर्ने र सबै स्थानिय तहले यस संस्थालाई डोटी जिल्लामा स्थायी राख्नका लागि सबैले हातेमालो गरेर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमका सभापति तथा जिल्ला समन्वय समितिका संयोजक राम बहादुर ऐरले यो संस्था अन्य जिल्लामा दर्ता भएता पनि यस जिल्लामा पनि काम गर्न पाउदा हामी सबै स्थानिय तहका जनप्रतिनिधि खुशी भएको कुरा व्यक्त गर्नु भयो । डोटी जिल्लामा यस संस्थाले प्रभावकारी काम गरेकाले र संस्थाको कार्य विधि अनुसार काम गरेकाले सबैले संस्थाप्रति सकारात्मक रुपमा अगाडि बढ्न आग्रह गर्नु भयो ।

संस्थाले काम गर्दा प्रभावकारी रुपमा वजेट खर्च सबै सरोकारवालालाई जानकारी गराई काम गर्ने भएकाले आगामी दिनमा पनि पारदर्शी रुपमा काम गर्नको लागि संस्थालाई संयोजक ऐरले सुझाव दिनु भयो । साथै सबै सहभागि स्थानिय तहका प्रमुख तथा उप्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र अन्य सरोकारवाला निकाय प्रति आभार व्यक्त गर्दै आजको जिल्ला स्तरिय अभिमुखिकरण गोष्ठी सम्पन्न भएको थियो । साथै आजको गोष्ठीमा १५ जनाको संवाद तथा समन्वय समिति पनि गठन गरिइएको छ । कार्यक्रम संचालन प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका सहजकर्ता यज्ञ बहादुर थापा मगरले गर्नु भएको थियो ।

Shaileshwori
Loading...