नेपालको स्वास्थ्य क्षेत्रको आजको दिन ऐतिहासिक भएको : मुख्यमन्त्री भट्ट

किरण धामी/डोटी

Sagan sahari bhawan nirman aayojana

नेपालको स्वास्थ्य क्षेत्रको आजको दिन ऐतिहासिक भएको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ ग्वालसैनमा सुदूरपश्चिम प्रदेश स्तरीय सरुवा रोग सम्बन्धी ५० सैयाको अस्पतालको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले अस्पतालको शिलान्यास मात्र हुने होकी भनेर आत्तिनु नपर्ने बताए । नेपाल सरकारबाट सरुवा अस्पतालको लागी रकम आयन भने पनि प्रदेश सरकारको बजेटबाट भए पनि अस्पताल बनाउने र मुख्यमन्त्री भएकाले आफूमा त्यो अधिकार भएको उनले बताए । दिपायल सिलगढी नगरपालिका लगायत अस्पताल स्थापना क्षेत्र हुने वरपरका बासिन्दाको भूमिका बढेको बताए ।

अस्पताल स्थापनाको लागी छिट्टै टेन्डर प्रक्रिया हुने र कुनै अवरोध बिना अस्पताल बन्नमा यहाँका नागरिकले सहयोग गर्नु पर्ने मुख्यमन्त्री भट्टले बताए । २०३९ सालमा क्षेत्रीय अस्पतालका लागी अधिग्रहण भएको उक्त जग्गामा बन्न लागेको सुदूरपश्चिम प्रदेश स्तरीय सरुवा रोग सम्बन्धी ५० सैयाको अस्पताल शिलान्यास आफुले गर्न पाउदा गर्भ लागेको बताए । उक्त शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्रि भट्टले सुदुरपश्चिम प्रदेश सरकार प्रदेशका प्रत्यक अस्पतालको स्तरबृद्धी गर्ने निति सहित अगाडी बढेको र त्यसै प्रक्रिया अनुसार काम अगाडी बढीरहेको बताए । त्यस्तै भर्खरै सुदुरपश्चिम सरकारले प्रदेशका प्रत्यक जिल्ला अस्पतालमा अक्सिजन पलान्ट जडान गर्ने निर्णय गरेको बताए ।

Shaileshwori
Loading...