प्रादेशिक अस्पताल बनाउने जिम्मा मेरो भयो  : मुख्यमन्त्री भट्ट

सरुवा रोग सम्बन्धी प्रदेश अस्पताल बनाउने जिम्मा आफ्नो भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् ।  सुरुवा रोग सम्बन्धी प्रदेश अस्पतालको  दिपायल सिलगढी नगरपालिका वडा नं. ५ ग्वालसैनमा शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन ।

प्रदेश अस्पतालको शिलान्यास भएपनी  कहिले कसरी बन्छ भन्ने बारे पूर्व बक्ताले कुरा राखेपपछी मूख्यमन्त्री भट्टले भने ‘यो अस्पताल यहाँ स्थापनाका लागी धेरै रस्साकस्सी गरिएको छ, यो अस्पताल जसरी पनि बन्छ ढुक्क हुनुहोस् म यो प्रदेशको मुख्यमन्त्री हो । केन्द्रको बजेट केही तल माथि भएपनी म आफ्नै प्रदेशको  विकास बजेटबाट भएपनी बनाउँछु ।’

अस्पतालसम्मका लागी पक्की बाटो पनि प्रदेश सरकारले बनाउने मुख्यमन्त्री भट्टले बताए । भट्टले भने ‘पक्की बाटो मात्रै होइन यसका लागी आवश्यक पर्ने उपकरण तथा विभिन्न संरचना स्थापना गर्ने जिम्मा मेरो हो ।’

Sayalb

स्वास्थ्य क्षेत्रको विकासका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको हुँदा यो अस्पताल बन्नेमा सबै ढुक्क हुन प्रदेश सभा सदस्य पूर्णा जोशीले बत्ताइन ।  सांसद जोशीले भनिन् ‘हामी विकासको पक्षमा भएका कारण विकास गर्नेमा कसैले शङ्का गर्न आवश्यक छैन ।

प्रदेश स्तरीय अस्पताल डोटीमा मुख्यमन्त्रीको विशेष पहलका कारणबाट मात्र डोटीमा अस्पताल बनेको जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले बताए । प्रमुख ऐरले  भने ‘ हामीले सही कुरा भन्न सक्नु पर्छ अहिले मुख्यमन्त्री नभएको भए हामी यो अस्पताल डोटीमा पाउने थिएनौँ ।’

अस्पताल बन्ने कार्यमा आफ्नो नगरपालिकाबाट सहयोग गर्ने दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताईन । मलासीले भनिन् ‘बसौँ देखी अलपत्र रहेको उक्त जग्गा प्रयोगमा ल्याउने गरी प्रदेश सरकारले गरेको निर्णय प्रति मुख्यमन्त्री सहित प्रदेश सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।’

Shaileshwori
Loading...