बोगटान फुड्सिलमा स्थापना हुने १५ सैयाको अस्पतालको शिलान्यास 

डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा स्थापना हुने १५ सैयाको अस्पतालको शिलान्यास गरिएकोे छ । १८ करोडको लागतमा स्थापना हुने १५ सैयाको अस्पतालको बोेगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला र उपाध्यक्ष भगवती देवी बमले संयुक्त रूपमा एक कार्यक्रमका बिच आज (सोमबार) शिलान्यास गरेका हुन् । अस्पताल पालिकाको वडा नम्बर २ केदार अखडामा स्थापना हुने भएको छ ।

bhukampa

शिलान्यास कार्यक्रम बोल्दै अध्यक्ष गड्सिलाले बोगटान जस्तो ग्रामीण ठाउँमा १५ सैयाको अस्पताल स्थापना हुनु सौभाग्यको कुरा भएको बताए । अस्पताल निर्माणका लागि आवश्यक ९ रोपनी जग्गा आफूहरूसँग उपलब्ध भएको र अझै जग्गा आवश्यक परेमा पालिकाले त्यसको तुरुन्त व्यवस्थापन गर्ने अध्यक्ष गडसिलाले बताए । अस्पतालको दिगो व्यवस्थापनको लागी पालिकाले गर्नुपर्ने कुरामा पालिका पछि नपर्ने अध्यक्ष गडसिलाको भनाई छ ।

Shaileshwori
Loading...