दारी ग्याङ डोटीका दुई जना सदस्य र सिडिएफका एक कर्मचारीले रत्तदान गरे

तेजु ओली /डोटी
सिडिएफ नेपाल संस्थामा कार्यरत इन्द्र राज जोसी, दारी ग्याङ डोटीका सदस्य आदित्य जोशी, शनिम बागचन्द र हिक्मत मलासीले रक्तदान गरेका छन् । सोमबार देखी जिल्ला अस्पताल डोटीको आकस्मिक कक्षमा भर्ना भएका डोटीको आदर्श गाउँपालिका वडा नम्वर ६ का बिर बहादुर बागलाई उनिहरुले एकएक पिन्ट रगत दिएका हुन् । उनिहरुले दिएको रगतले बागको उपचारमा केही सहज भएको भए पनि थप उपचारको आवश्यकता भएकाले बागलाई काठमाण्डौँ रेफर गरिएको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै बोगटान फुडसील गाउँपालीकाकी हरिना बिष्टलाई चार पिन्ट ए पोजेटिभ रगत आवश्यक रहेको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ । एक प्वाइन्ट रगत बिरामिका आफन्तले दिएको र थप तिन प्वाइन्ट आवश्यक रहेको अस्पतालका जन स्वास्थ्य निरिक्षक उत्तम उपाध्यायले बताए ।
जिल्लामा ब्लडबैंक नहुँदा रगतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीयले नेपाल सेना, प्रहरी तथा सशस्त्र प्रहरीकामा धाउने गरेका छन् । रगत आवश्यक परे नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीहरु गएर रगत दिने गरेका छन् ।
