३३ औँ विश्व एड्स दिवस डोटी जिल्लामा पनि मनाईयो 

तेजु ओली /डोटी

आज एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विश्वभर ३३ औँ एचआईभि एड्स दिवस नै मनाइँदै छ । डोटी जिल्लामा पनि विभित कार्यक्रम गरेर विश्व एचआईभि एड्स दिवस मनाईएको छ । दिवसको अवसरमा जिल्ला अस्पताल डोटी, जिल्ला स्वास्थ्य कार्यालय र एएचएफ ले न्यानो लुगा वितरण तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । जिल्ला अस्पताल डोटीमा आयोजित एक कार्यक्रमका बिच जिल्ला भरीका १५ जना एचआइभी संक्रमित बालबालिकालाई न्यानो लुगा वितरण गरेको छ । १४ बर्षमुनिका बालबालिकालाई चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण गरेको हो ।

त्यस्तै एचआईभिको औषधी नियमित सेवन नगर्ने लगायत अरु थप ३५ जनतालाइ एचआइभि रोकथाम तथा उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको एएचएफ  संस्थामा कार्यरत काउन्सिर सर्मिला मलासीले जानकारी दिईन् । उक्त कार्यक्रममा सुईद्वारा लागु पदार्थको प्रयोग र असुरक्षित यौन सम्पर्कबाट एचआईभी संक्रमण हुने रोग बाट बच्ने तरीका तथा लागि सकेपछि यसलाइ निर्मुलिकरण गर्ने तरिकाको बारेमा जानकारी दिएको थियो । एचआईभी–एड्स संक्रमित व्यक्तिलाई साथ दिन र मृत्यु भएकाको सम्झना गर्दै यो दिवस मनाउन शुरु भएको ३२ वर्ष पुगिसकेको छ ।

Sayalb

एड्सको ठोस उपचार नभए पनि संक्रमितले शरीरको प्रतिरक्षा प्रणाली मजवुत बनाउने विभिन्न खालका औषधि सेवन गरेर सहज रुपमा जीवनयापन गर्न सकिने जिल्ला अस्पताल डोटीका प्रमुख जोति पाण्डेले बताईन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांङ्क अनुसार जिल्लामा हाल १ हजार  ३४ जना एचआइभी संक्रमित छन् । एआरटी नामक औषधि सेवन गरेका बिरामिको संख्या आठ सय २३ जना रहेको छ । हाल सम्म यस रोगबाट एक सय ८७ जनाले ज्यान गुमाएका छन् ।

एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने गरि यस दिवसलाई लिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

Shaileshwori
Loading...