मंगलबार देशभरका १ हजार ३०४ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

मंगलबार देशभर थप एक हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड-१९ प्रयोगशालामा ८ हजार ५ सय ८३ नमुनाहरुको परिक्षण गरिएकोमा एक हजार ३ सय ४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय २९ छ ।

Sayalb

आज देशभरका २ हजार ७३ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप २१ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५ सय २९ पुगेको छ ।

Shaileshwori
Loading...