योङ्गस्टार युबा क्लवद्धारा ४० हजार बराबरका स्वास्थ्य सामाग्री सहयोग

डबल बम /डोटी
विश्वभरि माहाँमारिको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि केही सहज होस् भनेर हर्षित मेडिकलहल भरतपुर चितवनको सहकार्यमा योङ्ग स्टार युबा कल्बले स्वास्थ्य सुरक्षका सामाग्री सहयोग गरेको छ ।

डोटी जिल्लाको के.आई.सिँह गाउँपालिका वडा नम्बर २ का विद्यार्थी, स्वास्थ्यकर्मी र सर्वसाधारणलाई उक्त क्लवले ४० हजार बराबरका माक्स, सेनिटाईजर लगाएतका स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको छ ।

Sayalb

कोरोनाका कारण पुर्ण रुपमा बन्द भएका विद्यालयमा फेरि पढाई सुरु भएपछि कोरोना विद्यार्थी, शिक्षक लगायत समुदायमा नफैलियोस भन्ने उदेश्यले के.आई.सिँह गाउँपालिका वडा नम्वर २ तिखात्तरको इन्द्र माध्यमिक विद्यालय र तिखात्तर स्वास्थ्य चौकिलाई सामाग्री वितरण गरेको क्लवका अध्ययक्ष हर्क बोगटीले बताए ।

इन्द्र माद्यामीक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्ययक्ष टेक बहाद रावलको अध्यक्षता र के.आई.सिँह गाउँपालिका वडा नम्बर २ का वडा अध्ययक्ष नेत्र बहादुर रावलको प्रमुख आथित्यतामा भएको एक कार्यक्रमका बिच योङ्ग स्टार क्लवका अध्ययक्ष तथा हर्षित मेडिकलहल भरतपुर चितवनका प्रबन्धक हर्क बहादुर बोगटीले ग्रा. वा. स्वा. का चन्द्र प्रशाद ओझा र इन्द्र माद्यामीक विद्यालयका प्रध्यानाध्यापक मीन बहादुर शाहिलाई १ हजार थान माक्स, ५० थान एन नाईन्टि फाईभ माक्स, ४० थान सेनिटाईजर र ४० थान फेस माक्स हस्तान्तरण गरेको क्लवका सदस्य अम्मर बोगटीले जानकारी दिए ।

Shaileshwori
Loading...