बझाङमा शिक्षक नियुक्तिमा विवाद : परिक्षा नै नगरी ठाडो राजनितिक नियुक्ति

बझाङ जिल्लाको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ स्थित मजखोरी माध्यामिक विद्यालयको राहत शिक्षक नियुक्तिको विषयमा विवाद भएको छ । विद्यालयको मावि तह अङ्ग्रेजी विषयको राहत दरबन्दिमा परिक्षा नै नगरी ठाडो राजनैतिक नियुक्ति गरिएको आरोप लागाइएको छ । विधि र विधान विपरित स्थानिय जनक धामीलाइ पैसा र राजनितिक पावरको भवरमा एकलौटी नियुक्त गरेको भन्दै दरखास्त पेश गरेका तिन जना उम्मेद्धारले आपत्ति जनाएका छन् ।

विद्यालयले खुलाएको दरबन्दिमा दरखास्त पेश गरेका मध्ये तिन जना उम्मेद्धारले परिक्षा केन्द्र छविस पाथिभेरा गाउँपालिका तोकिएकोले पारदर्शी र निष्पक्ष हुन नसक्ने भन्दै परिक्षा स्थगित गराइपाँउ भनेर जिल्ला स्थित शिक्षा समन्वय ईकाइ, गाउँपालिकाको शिक्षा शाँखा र विद्यालयका प्रधानाध्यापकलाई लिखित निवेदन पेश गरेका छन् ।

Sayalb

निवेदनमा छविस पाथिभेरा गाउँपालिकामा तोकिएको परिक्षा केन्द्र बदर गरि जिल्ला शिक्षा समन्वय ईकाइ कार्यालय चैनपुरमा परिक्षा गराईपाँउ भनेर उल्लेख गरिएको छ । गाउँपालिकामा केन्द्र तोकिदा पारदर्शिता र निष्पक्षता हुन नसक्ने भन्दै तिन जना उम्मेद्धारले परिक्षा दिन असमर्थ भएको पत्रमा उल्लेख गरेका छन् ।

यस अघि २०७६ को फागुनमा खुलाएको विज्ञापनमा परिक्षा शुल्क पाँच हजार तोकिएको भन्दै विद्यालय प्रशासनको आलोचना भएको थियो । त्यतिबेला देखि नै अरु उम्मेद्धारले दरखास्त पेश नगरुन भन्ने मनशायले नेपालमै कहिँकतै नतोकिएको परिक्षा दस्तुर राखिएको स्थानियको आरोप छ । परिक्षा दस्तुरको विषयमा आलोचना भएपछि दोस्रो पटकको विज्ञापनमा दस्तुर घटाएर एक हजार तोकिएको थियो ।

परिक्षा सम्बन्धि कुनै किसिमको विवाद भए शिक्षा समन्वय ईकाइले समन्वय गरी शिक्षा कार्यालयमा परीक्षा गर्न सक्ने प्राबधान रहेकोे छ ।

Shaileshwori
Loading...