जिल्ला अस्पताल डोटीको प्रयोशालामा थप ५ जनामा कोरोना पुष्टि


डोटी : सनिवार जिल्ला अस्पताल डोटीको कोभिड-१९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा अस्पतालको प्रयोगशालामा १५ जनाको कोरोना जाँच गर्दा पाँच जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि हुनेमा डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाका तिन महिला, जोरायल गाउँपलिका र महोत्तरी घर भई डोटी बस्दै आएका एकएक जना पुरुष रहेका छन् ।
