कञ्चनपुरका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

Sayalb

कञ्चनपुर : कञ्चनपुरका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिवार दिउँसो सेती प्रादेशक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्तालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । असोज १५ गतेदेखि उपचार गराइरहेका मृतक पुरुष निमोनिया रोगबाट पनि ग्रसित थिए ।

Shaileshwori
Loading...