जीप दुर्घटना अपडेट : ४ जनाको मृत्युु ४ घाईते, घाईतेको शैलेश्वरी अस्पतालमा उपचार हुँदै

डोटी : बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवरा चौतारमा भएको जीप दुर्घटनामा परि घाईते भएकाहरुको शैलेश्वरी अस्पताल दिपायलमा उपचार सुरु भएको छ । गएराति भएको जीप दुर्घटनामा परि ४ जना को मृत्यु र चार जना घाईते भएका थिए । दुर्घटनामा परि घाईते भएका कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-१९ घर भएका खत्याडी माद्यामिक विद्यालयका २८ वर्षका शिक्षक हेमन्त भट्ट, ग्वोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड बोगटान फुड्सिल गाउँपालिका-७ चवराचौतारा दाच्का घर भएका ३६ वर्षका टिका सिंग गिरी, उनकी श्रीमती २८ वर्षकी खेमा देवि गिरी र बोगटान फुड्सिल गाउँपालिका ६ चौकुनेगडा घर भएका जीप चालक कैलाश बमको शैलेश्वरी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दिपायल बाट चवराचौताराका लागि हिडेको म १ च ५५० नम्बरको जीप गएराति १ बजेको समयमाबोगटान फुड्सिल गाउँपालिका वडा नम्वर ७ चवरा चौताराको सेउडेखेत नजिक दुर्घटनामा परेको थियो । जीपमा चालक सहित ८ जना सवार थिए ।

जिप दुर्घटनामा परि बैतडी घर भएकी बोगटान फुड्सिल गाउँपालिका-७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी, बैतडीको सुर्नया गाउँपालिका वडा नम्वर ६ कि वर्ष ६१ कि उनकी सासू आमा डम्बरी अवस्थी, उनकै तीन वर्षका छोरा मुकुन्द अवस्थी र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राबिधिक हरिहर नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनु भएको छ ।
जीप भिरबाट करिब २०० मिटर तल खसेको छ । घटना स्थल ग्रामीण क्षेत्र भएपनि बाटो राम्रो भएकोले चालक निदाएकोले दुर्घटना भएको अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताएका छन् ।
