बोगटान फुड्सिल गाउँपालिकाद्धारा शोक वक्तव्य जारी

डोटी : बोगटान फुड्सिल गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ । गएराति भएको जीप दुर्घटनामा परि घाईते भएका हरुको स्वास्थ्य लाभको कामना र मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले शोक वक्तव्य जारी गरेको छ । “जीप दुर्घटनामा परि सुर्नया गाउँपालिका वडा नम्बर ६ बैतडी घर यस गाउँपालिका अन्तरगत ७ नम्बर वडा कार्यालयमा कार्यरत सहायक पाचौँ श्री मञ्जु त्रिपाठी, निजको छोरा वर्ष २ को मनिष अवस्थी, निजकी सासु वर्ष ५६ की डम्मरी अवस्थी र के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ घर भई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना अन्तर्गग जिविकोपार्जन सहजकर्ताको पदमा कार्यरत श्री हरिनारायण भट्टको निधनले हामी मर्माहित भएका छौँ, शोक वक्तव्यमा भनिएको छ ।”

Sagan sahari bhawan nirman aayojana

गएराति भएको दुर्घटनाबाट सिंगो पालिकालाई अपुरणिय क्षति भएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला र प्रमुख प्रशासकिय अधिकृत शंकर सुचिकारद्धारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ ।
सोही दुर्घटनामा परि अन्य ४ जना घाईते भएका छन् ।

यस्तै गाउँपलिकाले आज एक दिनको विदा दिने निर्णय गरेको छ ।

Shaileshwori
Loading...