डोटीको पुर्विचौकी गाउँपालिको जङ्गलमा एक पुरुषको शव फेला

Sayalb

डोटी : डोटीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ७ को गोजेडाको जङ्गलमा ४० वर्षीय देवबहादुर साउदको शव फेला परेको हो । गत १२ गते काम गर्न भारत जान्छु भनेर घर बाट हिडेका साउद आईतबार जङ्गलमा कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डे बताए । मृत्युबारे छानबिन सुरु गरेको छ ।

Shaileshwori
Loading...