शैलेश्वरी जोरायल फुटबल कप २०७७ को उपाधी मसुरीया फुटबल एकेडेमी कैलालीले हात पार्याे

डोटी ।सुदूरपश्चिम प्रदेश स्तरीय शैलेश्वरी जोरायल फुटबल कप २०७७ को उपाधी मसुरीया फुटबल एकेडेमी कैलालीले हात पारेको छ ।

रानीवन स्पोर्टस क्लब बाजुरालाई १–० गोल अन्तरले पराजित गर्दै मसुरीया फुटबल एकेडेमी कैलाली विजेता बनेको हो । रानीवन स्पोर्टस क्लब बाजुरा उप– विजेता बनेको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा डोटीको बुडर खेलमैदानमा यहि मंसिर १७ गतेबाट शुरु भएको प्रतियोगिताको विजेता मसुरीया फुटबल एकेडेमीले रु। १ लाख ११ हजार १ सय ११ नगद सहित ट्रफि, मेडल प्रमाण पत्र तथा उप–विजेता रानीवन स्पोर्टस क्लब बाजुराले रु। ५५ हजार ५ सय ५५ नगद सहित ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेका छन् ।

ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।
विजेता टिमलाई जोरायल गाउँपालिका डोटीका अध्यक्ष एवं प्रतियोगिताको समापन कार्यक्रमका प्रमूख अतिथी दुर्गादत्त ओझाले र उप–विजेतालाई विशिष्ट अतिथी एवं जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले पुरुस्कार प्रदान गरेका थिए ।

Sayalb


उक्त प्रतियोगिता नक आउट चरणमा खेलाईएको खेल संयोजक पवन कुमार शाहुले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरुस्कार स्वरुप रानीवन स्पोटस क्लब बाजुराका खेलाडी मिलन रेग्मीले नगद रु। ५ हजार सहित ट्रफी हात पारेका छन् । त्यस्तै उदायमान खेलाडी पुरुस्कार मसुरीया फुटबल एकेडेमीका खेलाडी सन्दिप सिंहले नगद रु। ३ हजार, उत्कृष्ट गोल रक्षक पुरुस्कार रानीवन स्पोर्टस क्लब बाजुराका कुम्भ देउवाले नगद रु। ३ हजार प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगिता अवधीभर सर्वाधिक गोलकर्ता बनेर जेएससी डोटीका खेलाडी विनोद के।सी।ले नगद रु। ३ हजार र म्यान अफ द म्याचको उपाधी मसुरीया फुटबल एकेडेमी कैलालीका ओम चौधरीले नगद रु। २ हजार पुरुस्कार प्राप्त गरेका छन् ।

जोरायल गाउँपालिकाको रु।४ लाख सहित दिपायल सिलगढी नगरपालिका, बोगटान फुडसिल गाउँपालिका, सायल गाउँपालिका, विभिन्न स्थानीय सामुदायिक वनहरु र व्यापारीक सँस्थाहरुले प्रतियोगिता सञ्चालनमा आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।


कैलाली फुटबल संघका रेफ्रीहरुद्वारा खेलाईएको प्रतियोगितामा सुदूरपश्चिमका डोटी, कैलाली, अछाम र बाजुराका गरी जम्मा ११ वटा टिमको सहभागिता रहेको खेलकुद प्रतियोगिता स्थल बुडरबाट पत्रकार शिव ओलीले जानकारी दिए ।
खेल प्रतियोगिता सभ्य र भव्य तरिकाले सम्पन्न भएकोमा सम्पूर्ण सहयोगदाता, रेफ्री, खेलाडी एवं खेलप्रेमीहरुलाई जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले धन्यवाद ज्ञापन गरे ।
साथै अध्यक्ष ओझाले आगामी दिनमा पनि यस्तै खेल प्रतियोगिता सञ्चालन गर्न गाउँपालिकाको तर्फबाट प्रतिबद्धता समेत जनाए

नजरअनलाइन बाट शाभार

Shaileshwori
Loading...