डोटीका कच्ची सडकमा राती गाडी चलाउन बन्द गर्न माग

डोटी: डोटी जिल्लाका ग्रामीण भाग रातीको समयमा यातायातका साधन चलाउन रोक लगाउन माग गरिएको छ । सामाजिक अभियन्ताको एक टोलीले डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै रातीको समयमा गाडी चलाउँदा दुर्घटना हुने गरेका कारण सवारी सञ्चालनमा रोक लगाउनु पर्ने अभियन्ता तेजबहादुर डुम्रेलले बताए ।
यात्रुसंग महँगो भाडा असुल्ने गरेको, बसपार्क क्षेत्रबाट मात्र गाडी जाने प्रबन्ध मिलाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो ।

बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारमा जिप दुर्घटना हुँदा मानवीय क्षति भएसँगै रातीको समयमा कच्ची सडकमा गाडी सञ्चालनमा रोक गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाईको हो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराईले जिल्ला यातायात व्यवस्थापन समितिको बैठक राखेर तुरुन्तै आवश्यक कदम चाल्ने बताए ।
