बाेगटानमा जिप दुर्घटना भएको हप्ता दिन नबित्दै अर्काे दुर्घटना

डोटी: बोगटान फुड्सिल गाउँपालिकामा जिप दर्घटना भएको हप्ता दिन नपुग्दै ट्याक्टर दुर्घटना भएको छ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको सात्फरीबाट दिपायल आउदै गरेको से १ त ३१७२ नम्बरको ट्याक्टर बोगटान फुड्सिल गाउँपालिकाको पातलमा मंगलबार साँझ साढे सात बजेको समयमा दुर्घटनामा परेको प्रहरी चौकी चवरा चौताराका प्रहरी ईन्चार्ज तप्त बहादुर साउदले जानकारी दिए ।
ट्याक्टर दुर्घटनामा परि दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाका ट्याक्टर चालक राकेश खड्का घाईते भएका छन् । अहिले घाईते चालकलाई उपचारको लागि दिपायल पठाउँदै गरेको प्रहरी ईन्चार्ज साउदले बताए ।

Sagan sahari bhawan nirman aayojana

पछिल्लो समयमा जिल्लाका बिभिन्न स्थानमा कच्ची सडकमा एक पछि अर्को गर्दै सवारी दुर्घटना दिनुानु दिन बढिरहेका छन् ।यो भन्दा केही दिन अघाडी मंसिरको २० गते राति बोगटान फुड्सिल गाउँपालिकाको चनुकाडामा जीप दुर्घटना हुदा ४ जनाको मृत्यु र ४ जना घाईते भएका थिए ।

Shaileshwori
Loading...