कञ्चनपुरका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु
कञ्चनपुर : कञ्चनपुरका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंसिर २४ गते कोरोना पुष्टि भई सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत जिल्लाको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उनको बिहीवार राति मृत्यु भएको हो ।