नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ प्रकाशनको लागि पुर्व समिक्षा बैठक

तेजु ओली/ डोटी
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ प्रकासनको लागि पुर्व समिक्षा बैठक सम्पन्न भएको छ । इन्सेकले जिल्लामा घटेका मानब अधिकार सम्बन्धी घटेका घटना हरुलाइ ऊल्लेख गर्दै प्रकाशन गर्दै आयको पुस्तक यस बर्ष पनि निकाल्ने तयारी का क्रममा रहेको मानब अधिकार रक्षक जिल्ला संयोजक नबराज जोसीले बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै उच्चबार यसोसेसन काअध्यक्ष शंकर दिप मडैले नेपाल सरकारले नागरिकलाइ तोकिएका सबै अधिकार सुरक्षित हुनु पर्ने हो तर पुरा नभएमा ति सबै मानब अधिकार हननका बिषय रहेको बताउनुभयो ।

Sagan sahari bhawan nirman aayojana

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी इन्द्र मल्लले सबै नागरिकले घटना घटिसके पछि प्रहरीलाइ सत्य र तथ्य सुचना दिएकोमा आफुहरुलाप काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । घटना घटेमा कतिपयले बढायर भन्ने कतिले पुरा सुचना नदिने गर्ने गरेकाले यस्ता मानब अधिकार हननका घटना खास्सै नआउने बताउनुभयो ।

जिल्ला भरि यस बर्ष जम्म ३४ वटा घटना मध्ये छनोट गरेर उपयुक्त घटनालाप बर्ष पुषतकमा समावेस गरिने इन्सेक जिल्ला प्रतिनिधि बासुदेव जोसीले बताउनुभयो । घरेलु हिँसा १३ वटा आफ्नै परिवारबाट महिलाको हत्य २ अमानवीय व्यवहार २ बहुबिबाह २ यौनदुर्बयाबाहार १ बालबिवाह २ गैर राजनीतिक पक्षबाट १लैङगिक हिसा २ बलत्कार का ९ वटा गरी जम्मा ३४ वटा घटना हरु मध्ये बाट पुषतक बर्षमा समाबेश गरिने भएको छ ।

मानब अधिकार रक्षक जिल्ला संयोजक नबराज जोसीको अध्यक्षतामा जिल्ला सरकारी वकील कार्यालय डोटीका प्रतिनिधि जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख लगायत सरोकारवालाको सहभागी रहेको थियो ।

Shaileshwori
Loading...