डोटीलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

डोटी: आज डोटी जिल्ला मा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

Sayalb

भूकम्पले घर निकै हल्लाएको सिलगढीका स्थानीयवासी मोहन ठकुल्लाले बताए। भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस गराएको छ।

भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।

Shaileshwori
Bolpatra
Loading...