देशभर कांग्रेसको प्रदर्शन : न मास्क, न सामाजिक दूरी!

डोटी: सरकारले कोरोना महामारीमा पनि जनताको जिउ धन जोगाउन नसकेको, भ्रष्टारमा लिप्त भएको, संसदलाई बन्दी बनाएको, सर्वसत्तावादीको बाटोमा गएकोलगायत आरोप लगाउँदै (सोमबार) ७७ वटै जिल्लामा प्रदर्शन गरेको छ ।
आइतबार मात्रै सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयम्सेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछ।’

तर, सोमबार देशभर हजारौँ कार्यकर्ता उतारेको कांग्रेसले देउवाको विज्ञप्तिमा उल्लेख भएअनुसार सामाजिक दूरीका साथै स्वास्थ्य मापदण्ड पालना गरेको देखिएन।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा।सागर कुमार राजभण्डारी कांग्रेसको यो आन्दोलनले कोरोना महामारीको जोखिम झन् बढेको बताउँछन्।
‘यो बेलामा आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्छ। हरेकले मास्क, सेनीटाइजर प्रयोग गरेर प्रदर्शनमा आउनुपर्छ,’ उनले भने, ‘आए पनि सामाजिक दूरी अपनाएको हुनुपर्छ, भिडमा कसलाई रोग लागेको नलागेको थाहा हुँदैन। हामी सबैको घरमा वृद्धवृद्धा होलान्। कोही संक्रमणको उच्च जोखिममा रहेका मान्छे होलान्। उनीहरूलाई झन जोखिम बढ्यो।’
