काँडामान्डौका आधारभुत विद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण

बिक्रम खड्का/ डोटी
डोटी : मानविय सेवामा अनेकौ प्रयास संस्था ले काडामन्डौमा रहेका आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्था अध्यक्ष भक्तराज जोशी ले पुर्बिचौकि गाउपालिका वडानम्बर ५ काडामान्डौ डोटिमा रहेका ६ वटा आधारभुत विद्यालयलाइ एक औपचारिक कार्यक्रममा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको छ । काडामाण्डौमा रहेका मालिका आधारभुत बिद्यालय, तेडि आधारभुत बिद्यालय, नवप्रभात आधारभुत बिद्यालय, कालिका आधारभुत बिद्यालय, माहाल्छमि आधारभुत बिद्यालय र ग्यानकुन्ज आधारभुत विद्यालय मा १/१ थान कम्प्युटर र १/१ थान प्रिन्टर वितरण गरियको हो ।

उक्त कार्यक्रम बोल्दै अध्यक्ष जोसि ले भन्नु भयो बिद्यालयलाइ शैक्षिक सामाग्री मा अपुग नहौस र विध्यार्थी नानिबाबु हरुलाई आधुनिक तरिकाले शिक्षा प्राप्त गरुन र टेक्निकल शिक्षामा सहज होस् भन्ने उद्देश्यले उक्त सैछिक सामाग्रि वितरण गरेका हौ, र आउँदो दिनमा पनि बिधालयको आवश्यकता अनुसार सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भएको छ। शैक्षिक सामाग्री बुझदै वडा अध्यक्ष पदम बहादुर धानुकले हाम्रो वडामा रहेका आधारभुत विद्यालय हरुलाइ गरेको यो सहयोगले हामिलाइ अझै प्रेरणा मिलेको छ ।
आउँदा दिनमा पनि सहयोगको अपेक्षा गरेका छौ भन्दै धन्यवाद व्यक्त गर्नुभयो। उक्त सैछिक सामाग्री वितरण कार्यक्रममा खप्तड मध्यवति छेत्र विकास समिति का अध्यक्ष रामप्रसाद उपाध्याय, वडा नम्बर ३ गैरागाउका वडाअध्यक्ष अम्मर बहादुर चयडा, सबै बिधालयका शिक्षक स्थानीय बुद्धिवि लगाएतको उपस्थिति रहेको थियो ।
