बोगटानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका त्रिपाठीको परिवारजनलाई सहानुभुती प्रदान गर्न बोगटान फुडसील गाउँपालिकाको टोली मृतकको घरमा
डोटी: बोगटान फुडसील गाउँ पालीका मा भएको जिप दुर्घटना मा परी ज्यान गुमाएका बोगटान फुडसील गाउँपालिका वडा न. ७ का वडामा सचिव मा कार्यरत मृतक मन्जु त्रिपाठी,को परिवारलाइ सहानुभुति दिनको लागी गाउँ पालीका को टिम बैतडि पुगेको छ ।
सुर्नया गाउँपालिका वडा न. ६ मुलखटाली घर भएका त्रिपाठी सहित उनका छोरा मनिसराज अवस्थी र सासू आमा डम्मरा अवस्थी सहित एकै परिवारका तिन जनाको ज्यान गएको थियो।
साथै बोगटान फुड्सिल र ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजनामा कार्यरत जिबिकोपार्जन प्रर्बद्वक हरिहर भट्टको चवराचौताराको बौखेल्ने मोडमा सडक दुर्घटनामा ज्यान गुमाएको आज १० दिन पूरा भएको छ ।
शोकको यश घडीमा बोगटान फुड्सिल गाउँपालिकाको टिमले एकै परिवारका तिन जना सदस्य गुमाएका सुर्नया गाउँपालिका वडा ६ मुलखटाली पुगेर समबेदना ब्यक्त गरेको छ।
घरमै पुगेर गाउँ पालीका अध्यक्ष कमल गड्सिला, उपाध्यक्ष भगवती बम, प्रमुख प्रशासकीय अधिकृत शंकर सूचिकार सहित प्रेस सल्लाहकार कर्ण चन्द लगायतको टोलीले घरमै पुगेर समबेदना ब्यक्त गर्नु भएको छ।