वगलेकको नेत्रेश्वरि माविमा ५ लाख ५० हजारको अक्षयकोष स्थापना

विक्रम खड्का /डोटी
डोटी : डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर २ वगलेकको कुणासैनमा रहेको नेत्रेश्वरि माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । पुर्विचौकी गाउँपालिका वडा नम्वर ३ गैरागाउको जोशी गाउँ निवासि स्वर्गिय खडकराज जोशिको सम्झनामा समाजसेवी छोरा भक्तराज जोशिले सो विद्यालयमा पाच लाख पचास हजारको अक्षयकोष स्थापना गर्नु भयको हो ।

नेत्रेश्वरि माध्यामिक विद्यालयको प्राङ्गणमा खायोजना गरियको औपचारिक कार्यक्रमका विच अक्षयकोष स्थापना गरियको हो । विद्यालयको सर्वाङगिण विकास र जेहन्दार तथा उच्च शिक्षा अध्यन गर्न वाहिर जाने विद्यार्थीलाइ पुरस्कार दिन वुवाको सम्झनामा अक्षयकोष स्थापना गरियको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका स्वर्गीय खड्कराज जोशिका छोरा भक्तराज जोशिले वताउनु भयको छ । अक्षयकोष स्थापना हुदा विद्यालय परिवार निकै खुसि रहेको र यसको सहि सदुपयोग हुने विद्यालयका प्रधानाध्यापक अमर वहादुर खड्काले वताएका छन ।

Sayalb

विद्यालयमा आयोजना गरिको कार्यक्रमक्रमको अध्यक्षता वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले गर्नु भयको थियो । कार्यक्रमा समाजसेवी राम प्रसाद उपाध्याय, बम वहादुर कठायत, वडा नम्बर तिनका वडा अध्यक्ष अमर चयडा, वडा सदश्यहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारि, शिक्षक अभिभावक तथा पत्रकारको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...