आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै
तेजु ओली,/डोटी:- कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको नागरिक आरोग्य केन्द्र सम उदघाटन कार्यक्रम का सहभागीले बताउनुभयो। बिहिबार के आइ सिंह गाउँ पालिका मा जिल्ला आयुर्वेद कार्यालय दिपायल अन्तर्गत साखा कार्यालय को रुपमा नागरिक आरोग्य केन्द्र उदघाटन भएको हो ।
उक्त कार्यक्रम मा बोल्दै आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख विध्या घिमिरे देउवाले बताउनुभयो ।
औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।” उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्धतिको महत्व झन् बढेको उहाले बताउनुभयो । “स्थानीयस्तरमै पाइने जडीबुटी निकै लाभदायक रहेका छन् यस्लाई सहि तरिकाले प्रयोग गर्ने हो भने धेरै रोगको औषधि हाम्रो वरिपरि रहेको बताउनु भयो ।”
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको छ । बाथरोग, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् । आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि धेरै जसोले आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको के आइ सिंह गाउँ पालिका अध्यक्ष लोकेन्द्र साहिले बताउनुभयो ।
“बाथरोग, पायल्स लगायतका रोगको उपचारका लागि आयुर्वेदिक उपचार पद्धति लाभदायक रहेको छ ।” जिल्लाका सबै स्थानीय तहमा आयोर्बेद कार्यालय स्थापना भए का छन ।यस बर्ष भात्र चार ठाउमा नया आरोग्य केन्द्र स्थापना भए का छन ।आदर्श गाँउ पालीका मौवा केआई सिंह गाउँ पालिका वायल सिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिका को सिलगढी मा स्थापना गरिएको आयुर्वेद कार्यालय दिपायल ले जानकारी दिएको छ ।