समाजसेवी भक्तराज जोशीद्धारा सुदुरपश्चिम प्रदेश प्रहरी अस्पताल डोटीलाइ भिडियो एक्सरे मेसिन र प्रिन्टर प्रदान

Sayalb

बिक्रम खड्का/ डोटी
पुर्वीचौकी गाउँपालीका ३ जोशी गाउँ डोटीका सामाजिक अभियन्ता भक्त राज जोशी को व्यक्तिगत सहयोगमा सुदुरपश्चिम प्रदेश प्रहरी अस्पताल डोटी लाइ लगभग ६ लाख बराबरको भिडियो एक्सरे मेसिन र प्रिन्टर एक औपचारिक कार्यक्रम को बिचमा प्रदान गरियको हो ।
प्रहरी तालिम केन्द्र भित्रका कार्यरत नेपाल प्रहरिका जवान र उनका परिवार को त्यो सम्वधि स्वास्थ समस्या र त्यस इलाका वरिफेरि का जनसमुदायको स्वास्थ सम्स्या लाइ मध्यनजर गर्दै कुनै पनि व्यक्ति ले त्यो समस्या को लागि बाहिर जान नपरोस् भन्य उदेस्य ले उक्त सामाग्री प्रदान गरेको जोसिले बताउनु भयो ।
उक्त सामाग्री ग्रहण गर्दै प्रदेश प्रहरी अस्पताल डोटी का डाक्टर भिम बहादुर वुढा ले हामिलाइ यो सामग्री ले अझै काम गर्ने उर्जा मिलेको छ र आउँदा दिनमा हामीले समाजसेवी भक्तराज जोसि जस्तै अन्यसमाज सेवी ले सहयो गर्नु हुनेछ भन्ने आशा मा छौँ भन्दै खुसि व्याक्त गर्नु भयको थियो। जोसि ले हिजो मात्रै आफ्नै व्यक्तिगत सहयोग मा पुर्विचौकि गाउपालिका वडानम्बर २ वगलेक को कुडासैन मा अवस्थित नेत्रेस्वरि मा।वि मा ५ लाख ५० हजार को अछ्य कोष स्थापना गर्नु भयको हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रदेश प्रहरी तालीम केन्द्र दिपायलका प्रमुख मुकेश कुमार सिह खपत मध्यवर्ती विकास समिति का अध्यक्ष रामप्रसाद उपाध्याय, दिपायल सिलगढी नगरपालिका वडानम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्का वडानम्बर ३ का वडाअध्यक्ष चक्र माझि प्रहरि तालिम केन्द्र का विभिन्न दर्जा का प्रहरि र पत्रकार को उपस्थित रहेको थियो।

Shaileshwori
Loading...