दारी ग्याङ डोटीको दोस्रो भेला सम्पन्न

Sayalb

डोटी:  दारी ग्याङ डोटी को दोस्रो भेला आज सम्पन्न भएको छ । दास्रो भेलाको अबसरमा ग्याङले  दिपायल सिलगढी नगरपालिका वडा न ७ मा पर्ने भवन डाँडा मा सरसफाइ कार्यक्रम को आयोजना गरी सम्पन्न गरेको छ ।

भवन डाडा आन्तरिक पर्यटनको आकर्षण को केन्द्र बिन्दु बनेकोले उक्त ठाउँमा पलाष्टिक लगायत ले प्रदुषित भएको भनि सरसफाई कार्यक्रमको आयोजना गरेको दारी ग्याङ डोटी का अध्यक्ष अनुज राज जोसीले सामाजिक सञ्जाल फेसबुक बाट जानकारी दिनुभएको छ।
सरसफाई अन्तर्गत पहिलो चरणको काम भएको बाकि आगामी दिनमा यस्ता सरसफाईका कार्यक्रमको आयोजना गर्ने  दारी ग्याङ डोटीले जनाएको छ । ।भवबडाडा वाट सिलगढी को दृश्य र एकान्त ठाउँ भएकाले सबै सिलगढी बासीलाई फोहोर भएको सामग्री ठाउँमा ब्यस्थापन गर्न अनुरोध समेत  गरेको छ ।

दारी ग्याङ डोटीले यस अघि जिल्लामा रगत अभाव भएका बिरामिलाई रगत दान गर्दै आएको छ ।

Shaileshwori
Loading...