आवश्यक प्रक्रिया नपुग्दा थलारा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावित हुने

Sayalb

शिवजी मण्डेल /बझाङ
बझाङ : थलारा गाउँपालिकामा यो बर्ष प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगका कार्यक्रमहरु प्रभावित हुने भएका छन् । पहिलो चौमासी भित्र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगतका कुनै पनि गतिविधि अगाडि नबढेकाले कार्यक्रम प्रभावित हुने सम्भावना बढेको हो ।
थलारा गाउँपालिका सूचना अधिकृत प्रकाश भण्डारीले दिनु भएको जानकारी अनुसार थलारा गाउँपालिकाका लागि स्वरोजगार कार्यक्रम अन्तरगत पहिलो चौमासीमा ५१ लाख बजेट आएको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि कार्तिक मसान्त भित्र पालिकाले गरेको खर्च विवरण मंसिर १५ भित्र ईएमआईएस प्रणालीमा इन्ट्री गर्ने र नगरेको खण्डमा आयोजनाका लागि आवश्यक बजेट दार्तृ निकायबाट सोध भर्ना गर्न नसकिने पत्र पठाएको तर गाउँपालिकाले उक्त कुनै प्रक्रिया पु¥याएको छैन ।
नेपाल सरकारले १ सय जनाका लागि १ सय दिनको रोजगारका लागि दैनिक ५ सय १७ रुपैयाँकादरले ५१ लाख बजेट मात्रै पठाएको छ । थलारा गाउँपालिकाका प्रत्येक वडा बाट ३ सय ब्यक्तिको स्वरोजगारका दरले २७ सय बेरोजगारी फारम दर्ता भएका र त्यसको फाइल इन्ट्री गर्ने काम भइरहेको पनि सूचना अधिकारी भण्डारीले बताउनु भयो ।
थलारा गाउँपालिकाले अझै पनि स्वरोजगार अधिकृत र १ जना प्राबिधिक समेत नियुक्ति गर्न नसकेको र स्वरोजगार सम्बन्धि कार्यक्रमहरू अगाडि बढ्न नसकेको पनि सूचना अधिकारीले बताउनु भएको छ ।
थलारा गाउँपालिकाले गतवर्ष पनि समयमै योजनाका कार्यक्रमहरू अगाडि बढ्न नसक्दा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अगाडि बढाउनमा कठिनाइ भएको थियोे ।

Shaileshwori
Loading...