बझाङ थलारा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित हुने  

शिवजी मण्डेल/ पौष ३ बझाङ 
बझाङकाे थलारा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित हुने भएको छ ।  पहिलो चौमासीक भित्र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका कुनै पनि गतिविधि अगाडि नबढेकाले कार्यक्रम प्रभावित हुने भएको हो ।
थलारा गाउँपालिका सूचना अधिकृत प्रकाश भण्डारीका अनुसार रोजगार कार्यक्रम अन्तरगत पहिलो चौमासीकमा ५१ लाख बजेट आएको छ । मन्त्रालयले साउन एक गतेदेखि कार्तिक मसान्त भित्र पालिकाले गरेको खर्च विवरण मङ्सिर १५ भित्र ईएमआइएसमा इन्ट्री गर्ने हुन पर्नेमा नभएका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित हुने भएको हो ।
Sayalb
आयोजनाका लागि आवश्यक बजेट दार्तृ  निकायबाट सोध भर्ना गर्न नसकिने पत्र पठाएको छ ।
नेपाल सरकारले एक  सय जनाका लागि एक सय दिनको रोजगारका  लागि दैनिक ५ सय १७ रुपैयाँकादरले ५१ लाख बजेट मात्रै पठाएको छ । थलारा गाउँपालिकाका प्रत्येक वडा बाट ३ सय व्यक्तिको स्वरोजगारका दरले २७ सय बेरोजगारी फारम आवश्यक  फाइल इन्ट्री गर्ने काम भइरहेको पनि सूचना अधिकारी भण्डारीले बताउनु भयो ।
गाउँपालिकाले अझै पनि स्वरोजगार अधिकृत र १ जना प्राविधिक समेत नियुक्ति गर्न नसकेको र स्वरोजगार सम्बन्धी कार्यक्रमहरू अगाडि बढ्न नसकेको पनि सूचना अधिकारीले बताउनु भएको छ ।
थलारा गाउँपालिकाले गत वर्ष पनि समयमै योजनाका कार्यक्रमहरू अगाडि बढ्न नसक्दा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अगाडि बढाउनमा कठिनाइ भएको थियो ।
Shaileshwori
Loading...