कञ्चनपुरको बेलौरी नगरपालिकामा लकडाउन

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकामा लकडाउन गरिएको छ।
कोरोना संक्रमण फैलिन थालेपछि आइतबारबाट लागू हुनेगरी १ हप्ताका लागि लकडाउन गरिएको हो।

संक्रमण फैलिने खतरा बढेपछि लकडाउन गर्नुपरेको सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले बताए।
उनका अनुसार १ हप्तासम्ममा लागि विद्यालय, बजार तथा सबै उद्योग बन्द हुनेछन्।
