बोगटान फुड्सिल गाउँपालिकामा पाँच दिने कृषी तालिम सुरु

तेजु ओली/ डोटी
डोटीको बोगटान फुडसिल गाउँपालिकामा पाँच दिने अगुवा कृषकलाई कृषि तालिम सोमबारदेखि सुरु भएको छ । बोगटान फुडसील गाउँपालिका ग्रामीण जलस्रोत ब्याबस्थापन परियोजनाको आर्थिक सहयोग र बोगटान फुडसील गाउँपालीकाको सहयोगमा सञ्चालित तालिममा बिभिन्न समुहमा आवद्ध रहेका बडा न १,४,५र ६वडाका २५ जनालाइ तालिम सुरु गरेको फिल्ड संयोजक गिता जिसीले जानकारी दिनुभएको छ । विभिन्न वडाका फरक फरक समूहका प्रतिनिधिहरुको सहभागी रहेको छ ।

Sayalb

५ दिने कृषि तालिममा व्यवसायिक बेमौसमी तरकारी खेती, नर्सरी ब्याबस्थापन जैबिक मल, मौसमि तथा बेमौसमी तरकारी, उन्नत घाँसेबाली उत्पादन, किटनाशक औषधी र मलखाद प्रयोग विधिका बारेमा किसानहरुलाई जानकारी गराइने जलस्रोत अधिकृत सुनिल बिश्वकर्माले बताउनुभयो । तालिममा फिल्ड संयोजक गिता जिसीले सहजिकरण गर्नु भएको थियो।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बोगटान फुडसील गाउँपालिका अध्यक्ष कमल गडसीला ले कृषि प्रधान देश नेपाललाइ किसानले व्यावसायिक रुपमा लाग्ने हो भने रोजगारी पनि यतै हुने बिश्वास ब्यक्त गर्नु भएको थियो।

Shaileshwori
Loading...