समान पहुँच विकास केन्द्र सिड नेपालद्वारा सामाजिक परीक्षण सम्पन्न

तेजु ओली /डोटी
समान पहुँच विकास केन्द्र सिड नेपाल डोटीले आफ्नो आर्थिक बर्ष ०७६/७७को वार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति डोटी का उप प्रमुख ससि सोपको प्रमुख आतिथ्यमा र सिड नेपाल डोटीका अध्यक्ष सेर बहादुर मल्लको अध्यक्ष मा सम्पन्न भएको हो । दिपायल सिलगढी नगरपालिका को सभाहलमा आयोजित कार्यक्रम मा संस्था को आय व्यय प्रगति प्रतिवेदन चुनौती उपलब्धिको सार्वजनिक गरेको थियो ।

Sagan sahari bhawan nirman aayojana

बिशेष गरि स्वास्थ्य शिक्षा जिविकोपार्जन नागरिक अधिकार र सुसासनलाइ प्रमुख बिषय लिएर काम गरिरहेको संस्थाका अध्यक्ष मल्लले बताउनुभयो । स्थानको स्थापना काल देखिनै आफ्नो आय व्यय सार्वजनिक गर्दै गरेको संस्था ले पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय भुमिका निर्वाह गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटी का प्रमुख रमेश मलासीले बताउनुभयो।

त्यसतै समन्वय समिति डोटी का उप प्रमुख सोपले संस्था ले गरेको कामको प्रशंसा गर्दै आगामि दिनमा फिल्डमा भए गरेका गतिबिधी लाइ अर्को पक्ष लाइ पनि जानकारी दिनु पर्ने बताउनु भयो । कुन क्षेत्रमा के जस्ता काम भएका छन त्यसको अनुगमन गर्नका लागि संस्था ले भन्दा अरु निकाय लाइ पनि जानकारी दिनु पर्ने बताउनु भयो ।उक्त कार्यक्रम को सहजि करण पत्रकार कर्ण चन्द ले गर्नु भएको थियो।

Shaileshwori
Loading...