डोटीको साजेन्द्रश्वर बिध्यालय पुनः बन्द

सिता महता

Sayalb

डोटी: लामो समयपछी सञ्चालनमा आएका डोटीको पूर्बीचौकी गाउँपालिकामा विद्यालयहरु पुनः बन्द गरिन थालेका छन । विद्यालय सेवा क्षेत्र अन्तरगत कोरोना भाईरस संक्रमण भई जोखिम बढ्न थालेकोले विद्यालयहरु पुनः बन्द गरिन लागिएका हुन । जिल्लाको पूर्बीचौकी गाउँपालिकाले कोरोना जोखिम बढेको भन्दै पूर्बीचौकी गाउँपालिका वडा नं. १ को कार्यालयको निर्णय र बिद्यालय ब्यबस्थापन समितिको निर्णय अनुसार थप पुस ११ गतेसम्म साजेन्द्रेश्वर मावि विद्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ । पूर्बीचौकी गाउँपालिकाको वडा नं.१ मा थप एक जनामा कोरोना पुष्टि भएकाले पुस ११ गतेसम्म विद्यालय बन्द गरिएको साजेन्द्रेश्वर माविका निमित्त प्रधानाध्यापक देब बहादुर कोहोराले जानकारी दिनु भएको छ ।

यस अघि कोरोनाको जाखिम भएकोले पुष २ देखि ८ गते सम्मको लागि विध्यालयले पठनपाठनमा रोक लगाएको थियो ।

Shaileshwori
Loading...