डोटीमा ६५ जना बालबालीकाहरुको निःशुल्क रक्त समुह परिक्षण

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मा रहेकोे निजी क्षेत्रबाट सञ्चालित ओली प्याथोलोजी र थापा क्लिनिकको आयोजनामा बालबालीकाहरुको निःशुल्क रुपमा रक्त परिक्षण गरिएको छ ।

 

डोटी जिल्लामा अबस्थीत मोर्निङ्ग लाईट बोर्डिङ्ग स्कुलमा अध्ययनरत कक्षा ९ र १० मा अध्यन गर्ने ६५ जना विद्यार्थीहरुको निःशुल्क रुपमा रगत समूह परिक्षण गरेको हो । विद्यार्थीले आफ्नो रगत समुह सहज रुपमा थाहा पाउन र बालबालीकालाई रगतको वारेमा चेतना दिन तथा रक्तदान प्रक्रिया समान्य हो भन्ने जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको ओली प्याथोलोजीका संचालक भक्त ओलीले जानकारि दिनुभयो ।

Sayalb

रक्त समुहको परिक्षण ओली प्याथोलोजीका सञ्चालक भक्त ओली र थापा क्लिनिकका संचालक नबराज थापाले गरेका हुन् । ‘बालबालीकाहरु कहिकतै भब्यतब्य घटनामा परेपछी रगत समुह सहजै थाहा होस भन्ने हाम्रो मुख्य उदेश्य रहेकोे थापाले बताए ।

 

Shaileshwori
Loading...