नेकपा डोटी जिल्ला कमिटीको बृहत् एवंम् बिस्तारित बैठक सम्पन्न

तेजु ओली /डोटी
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) डोटी जिल्ला कमिटीको बृहत् एवं बिस्तारित बैठक सिलगढीमा सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश कमिटी पाटी सचिब नेप बहादुर चौधरीको प्रमुख अतिथि तथा नेकपा जिल्ला कमिटी अध्यक्षता चक्र मल्लको अध्यक्षतामा सम्पन्न बैठकले नौ वटै स्थानिय तहका पार्टी कमिटीले संसद बिघटनको विरोध गर्ने निर्णय गरेको पाटी अध्यक्ष मल्लले बताउनुभयो। कार्यक्रम का प्रमुख अतिथि चौधरी ले आफु संस्थापक कम्युनिष्ट भएकाले जिल्लाका नेता तथा कार्यकर्ता मा दोमन नभैकन पाटीका हरेक गतिविधि मा निर्धक्क साथ लाग्नु पर्ने बताउनु भयो ।

Sayalb

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि रहनु भएका संबिधान सभा सदस्य हर्क सिंह ले प्रधानमन्त्री केपी शर्मा ओलीले सबिधान बिरोधी कार्य गरेकाले त्यो कदमको खुलेर बिरोध गर्नु पर्ने बताउनु भयो । जिल्ला सदरमुकाम सिलगढी मा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य,जिल्ला कमिटीका सदस्य डोटीबाट पार्टी प्रदेश कमिटीका सदस्य गाउँ पालिकारनगरपालिका कमिटीका अध्यक्ष लगायतका उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...