ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

Sayalb

कञ्चनपुर : कञ्चनपुरमा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । आईतवार बेलौरी–कलुवापुर सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको सु प प्र ०१–००२ त ४१७३ नम्बरको ट्रयाक्टरबाट खसेर बेलौरी नगरपालिका–१० का २५ वर्षीय बहादुर रानाको मत्यु भएको छ ।
ट्रयाक्टरबाट खसेर घम्भिर घाईते भएका रानाको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
चालक बेलौरी नगरपालिका –१० भूडाकै २३ वर्षीय महेश रानालाई नियन्त्रणमा लिइएको प्रवक्ता थापाले बताएका छन् ।

Shaileshwori
Loading...