सामुदायिक विकास केन्द्र डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
डोटी : सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वर्ष भरि गरेका कामकाज तथा योजनाको समिक्षा गर्दै अगामी वर्षको लागि शुझाव संकलन गर्दै सोमवार परिवार नियोजन सिलगढीको सभाहलमा आफ्नो वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको सिडिसीका शिक्षा विकास अधिकृत एकराज बडुले जानकारी दिए ।
वार्षीक सामाजिक परिक्षण कार्यक्रमका प्रमुख अथिति समेत रहेका जिल्ला समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐरले सिडिसिले शिक्षा क्षेत्रमा ठुलो टेवा पुगाई रहेको बताए । डोटी जिल्लाको शिक्षा क्षेत्रको लागि नेपाल सरकार तथा स्थानिय सरकारले गरिरहेको काममा सिडिसिले ठुलो योगदान गरिरहेको उनले बताए ।
सिडिसि डोटीले स्थानिय सरकारको दाहिने अंग भएर काम गरिरहेको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बताए । सिडिसिले बिभिन्न ठाउँमा लगानि गरिरहेको उदाहरण दिँदै उपप्रमुखले त्यसो नगरेर एकै ठाउँ विशेषमा मात्र लगानी लगाउन सके त्यसले राम्रो प्रतिफल दिने बताए ।
आगामी दिनमा कार्यक्रमा उठेका सल्लाह सुझावलाई आत्मसात गर्दै आफुहरुले काम गर्ने र स्थानिय तह लगायतका सरकारवालाहरु संग समन्वय गर्दै संस्थालाई अघाडी बढाउने सिडिसिका अध्यक्ष हेमराज जोशीले बताए ।
सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐर रहेका थिए । त्यस्तै विशिष्ट अथिति दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्का, अथितिहरुमा दिपायल सिलगढी नगरपालिका शिक्षा ईकाई प्रमुख मञ्जु थापा, पुर्विचौकी गाउँपालिका शिक्षा ईकाई प्रमुख विनोद भट्ट, पत्रकार महासंग डोटीका अध्यक्ष योगेन्द्र बलायर लगायतका रहेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार अरुण बमले गरेका थिए ।
सामुदायिक विकास केन्द्र डोटीले डोटीमा विगतका केही वर्ष देखि शिक्षा, स्वास्थ्य, आयआर्जन, बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।