आज पुस पन्ध्र, सुदुरपश्चिममा धुमधामका साथ मनाईदैँ

तेजु ओली /डोटी
डोटी लगायत सुदूरपश्चिमका जिल्लामा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा भन्दै रात काट्ने गरिन्छ । पुस १५ का दिन विशेषगरी तरुल, सखरखण्ड, फर्सी, पिँडालुलगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन रहेको छ । यी पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने किंवदन्ती छ ।

जिल्ला सदरमुकाम सिलगढी केहीदीन पहीला देखी नै यस्ता चिजको ब्यापार सुरु भएको छ । आज तरुल खानैपर्ने मान्यताअनुरूप शहरी क्षेत्रमा तरुल किन्नेको घुइँचो लाग्ने गर्छ । ग्रामीण क्षेत्रका बासिन्दा घरमा लगाएको जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् ।

Sayalb

यसरी फुर्सदको समयमा मनाइने तिनै चाडपर्वअन्तर्गतको एउटा पर्व हो पुष पन्ध्र अर्थात् पुसे पन्ध्र । गहुँ छरिसकेपछि गाउँघरतिर पूर्ण फुर्सदिलो महिनाका रुपमा हेर्न सकिन्छ पुस महिनालाई । पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रुपमा पनि अथ्र्याइएको पाइन्छ ।

घर घरबाट विभिन्न परिकार बनाउन सामग्री लगेर एक ठाउँमा जम्मा भई पकाउने र बाँडीचुँडी खाने जुन चलन छ यसले थोरै मात्रामा भए पनि नजान्नेलाई परिकार पकाउन प्रोत्साहित गर्ने गर्छ । एउटा जिज्ञासापूर्ण पलको सिर्जना गर्छ । सहयोगी भावना र आफूभन्दा ठूलाप्रतिको आदरका साथै समूहमा घुलमिल हँुदा लजालु पन र संकुचित भावनालाई निरुत्साहित गर्नसमेत सघाउ पु¥याउँछ ।

Shaileshwori
Loading...